मोबाइल चार्ज गर्दा खोटाङमा एक महिलाको मृत्यु

असार ३१, २०८२ |उत्तम चौलागाईं
मोबाइल चार्ज गर्दा खोटाङमा एक महिलाको मृत्यु

खोटाङ । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी राईको गएराति नै मृत्यु भएको हो ।

करेन्ट लाग्ने बित्तिकै बेहोस हुनुभएको उहाँलाई उपचारमा लैजान नपाई घटनास्थलमै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभयो ।

मृतक इन्द्राको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षदेखि कतारमा हुनुहुन्छ । दुई छोरीकी आमा इन्द्राको करेन्ट लागेर मृत्यु भएपछि छ र सात वर्षकी नाबालिक छोरीहरुको बिचल्ली भएको छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।