कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता अधिकारी सम्मानित

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता अधिकारी सम्मानित

धादिङ । कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता पोषनाथ अधिकारी सम्मानित हुनुभएको छ । गाउँपालिकाभित्रको विकास निर्माण, सामाजिक सेवा तथा मानवसेवामा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उहाँलाई धादिङको ज्वालामुखी गाउँपालिकाले सम्मान गरेको हो ।

अधिकारीले ज्वालामुखी गाउँपालिकामा भित्रका विकास निर्माणमा भएका समस्या औंल्याउने र प्रोत्साहन समेत गरेको भन्दै अधिकारीलाई गाउँपालिकाको १५ औं गाउँ अधिवेशन एवं आर्थिक वर्ष २०८२/८३ को बजेट समापन कार्यक्रमको अवसरमा समान गरिएको हो ।

नागरिकको सूचना पाउने हक सरकारको काम कर्तव्यमा खबरदारी तथा गाउँपालिकाले गरेको सेवा प्रवाह जनस्तरमा पुर्‍याएको भन्दै गाउँपालिकाको अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरेको अध्यक्ष यामनाथ दनैले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.