काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकका व्यक्ति गएको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ ।
उहाँले प्रधानमन्त्रीसँग गएको सरकारी प्रतिनिधिमण्डलबाहेकका व्यक्तका विषयमा तत्काल छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो ।
गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलबाहेक स्पेन को-को गए र कुन विधिप्रक्रियाबाट गए भन्नेबारे छानबिन गर्न निर्देशन दिनुभएको हो । अब स्पेन जानका लागि भिजिट भिषाको प्रबन्ध गर्नेहरुका विषयमा पनि अनुसन्धान हुने छ ।
यस विषयमा छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरो खटिने छ । दोषी देखिएकाहरुलाई कारबाहीसमेत गरिने गृहमन्त्रीले बताउनुभएको छ । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो ।