सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण अबरुद्ध बनेको कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सुचारु भएको छ।
गत असार २६ गते बिहान ५ः०५ बजे कोदारी क्षेत्रमा पर्ने ईको खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडकको आवागमन ठप्प बनाएको थियो, जस कारण यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।
चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।