गोली प्रहार गरी एक किशोरीको हत्या

असार ३०, २०८२ |अर्जुन सुवेदी
 गोली प्रहार गरी एक किशोरीको हत्या
सुनसरी । आइतबार राति सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या गरिएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा राति १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरिक्षक सुमन कुमार तिम्सिनाले बताउनुभयो । भिनाजुले गोली हानी सालीको हत्या गरेको बुझिएको छ । थप अनुसन्धान हुँदै गरेको प्रहरीले बताएको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।