हिजो रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु

असार ३०, २०८२ |पुजन धिताल
हिजो रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु

काभ्रे । काभ्रेको रोशी गाउँपालिका -९ पिन्थली र - ११ माम्तीमा खहरे खोलाको लेदो र भेलका कारण हिजो रातिदेखि बन्द भएको सडक सुचारु भएको छ। 

बिपि राजमार्गको दुई स्थान (पिन्थलीमा खहरे खोलाको लेदो पस्दा र राति साँढे १० बजेतिर माम्ती खोलामा आएको भेलले) अवरुद्ध सडकको अवरोध हटाइएसंगै  सवारी आवागमन पूर्णरूपमा  सञ्चालनमा आएको हो ।

लगातारको वर्षा र खोलामा आउने आकस्मिक लेदो तथा भेलका कारण बिपि राजमार्गमा जोखिम बढ्दै गएकाले स्थानीय प्रशासनले यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।