रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र
नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्न २०७७ सालमैं खैरियामा ३ तले भवन निर्माण गरिसकेको थियो । शैक्षिक कार्यक्रम संचालन अनुमति नपाउँदा नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन भएको थियो ।
भवनमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्ने छ। नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।