दोलखा। विगु गाउँपालिका- ६, आलम्पुमा गोठमा आगलागी हुँदा ८ वटा बाख्रापाठा जलेका छन् । आईतबार राती आलम्पुका बद्री थामीको गोठको अगेनोबाट सल्केको आगोले ८ वटा बाख्रापाठा जलको प्रहरीले जनाएको छ । गोठमा आगो लागेपछि बाँधेर राखिएका अन्य चौपायालाई फुकाएर स्थानीयले फुकाएर छोडीदिएका थिए । आगोले गोठ पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।