सुरक्षा माग्दै शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू

असार २६, २०८२ |आरएन विश्वास
सुरक्षा माग्दै शम्भुनाथ नगरपालिकाका कर्मचारीहरू

सप्तरी । चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन बुधबार राती सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीमाथि कुटपिट भएको भन्दै सुरक्षा माग्दै बिहिबार कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी गुहारेका छन् ।

मिलेमतोमा अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइलहरू लेखा शाखामा चाँडै नपठाएको भन्दै निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका सल्लाकार अनिल भगतले आफुहरूमाथि कुटपिट गरेको भन्दै प्रमुख जिल्ला अधिकार भाेला दाहालसमक्ष ज्ञापन पत्र बुझाउँदै सुरक्षा माग गरेकाे हाे ।

ज्ञापन पत्रमा गुप्ता र भगतले प्राविधिकहरू सुनिल यादव, विनोद कुमार यादव , मनोज कुमार चौधरी, आइटी इन्जिनियर मो. तमन्ना र चालक हरी भगतलाई कुटपिट गरेकाे दाबी गरिएको छ ।

यता कुटपिटपछि त्रसित बनेका कर्मचारीहरूले आफुहरूकाे सुरक्षा व्यवस्था नमिलाईए र दाेषीमाथि कारबाही नगरिए नगरपालिकामा काम गर्न नसक्ने बताएका छन् । उनीहरूले आजै हाम्राे माग सम्बाेधन नभए भाेलीदेखि संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।