सुर्खेतमा लागूऔषध, चाइनिज पेस्तोल र जरायोको सिङ्गसहित दुई जना पक्राउ

श्रावण ३, २०८२ |कमल पन्त
सुर्खेतमा लागूऔषध, चाइनिज पेस्तोल र जरायोको सिङ्गसहित दुई जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक हजार चार सय २६ ट्याबलेट लागूऔषध, चाइनिज पेस्तोल र जरायोको सिङ्गसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-८ का २३ वर्षीय विद्यान शाही र २२ वषीर्य आदित्य घिमिरे रहेका छन् । उनीहरूको साथबाट प्रहरीले लागूऔषध, एक थान जरायोको सिङ्गसहित एक थान चाइनिज पेस्तोल, २ थान पेस्तोलको म्याग्जिन, १२ राउण्ड गोली र विभिन्न आकारका ४ थान कुखुरी, २ थान चक्कु, एक थान बन्चरो लगायतका हातहातियार नियन्त्रणमा लिएको छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।