त्रिशुली नदीमा फसेका २ जनालाई नेपाली सेनाद्वारा सकुशल उद्धार

असार २४, २०८२ |राजकृष्ण श्रेष्ठ
त्रिशुली नदीमा फसेका २ जनालाई नेपाली सेनाद्वारा सकुशल उद्धार

काठमाडौं । बाढीका कारण त्रिशुली नदीमा फसेका २ जनालाई नेपाली सेनाद्धारा सकुशल उद्धार गरिएको छ । 

अत्यधिक वर्षात र पहिरोसँगै चीनको लिन्दे खोला थुनिएर आएका बाढीले त्रिशुली खोलाको जलसतह बढेपछि दाउरा खोज्न त्रिशुली नदी किनारमा पुगेका पाल्देन तमाड र उनकी श्रीमती मंगली तमाडलाई नेपाली सेनाको उद्धार टोली र हेलीकप्टरको सहायताले सकुशल उद्धार गरिएको हो ।

नुवाकोटको किस्पाड गाउँपालिका साल्मे घरभई हाल त्रिशुलीस्थित १२ नम्बर बस्तिमा बस्दै आएका तमाड दम्पति बिहान ५ बजेको समयमा दाउरा खोज्नको लागि त्रिशुली नदीमा पुगेका बेला अकस्मात खोलाको सतह बढेपछि तमाड दम्पति बाढीमा फसेका थिए ।

अकस्मात खोलाको सतह बढेपछि सिसौंको रूखमा चढेर ज्यान जोगाउँदै उद्धारको पर्खाईमा रहेका उनीहरूलाई करिब ३ घण्टापछि नेपाली सेनाद्वारा हेलीकप्टर र उद्धार टोलीको सहायतामा सकुशल उद्धार गरिएको थियो । 


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।