रेलले किचेर धनुषामा एक जनाको मृत्यु

असार २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेलले किचेर धनुषामा एक जनाको मृत्यु

धनुषा । रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किचेर आज बिहान करिब १० बजे धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडा घर भएका ४२ वर्षीय गाठेय साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको साथमा भेटिएको चालक अनुमतिपत्रको आधारमा पहिचान खुलेको बताइएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि रेल सेवा सुरु भएको थियो । परबाहा रेल्वे स्टेशन नजिक भएको उक्त दुर्घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.