काभ्रेबाट भक्तपुर आउने वैकल्पिक सडककाे पुल भासियो, सास्ती झन् बढ्ने प्रहरीकाे भनाइ

असार २१, २०८२ |पुजन धिताल
काभ्रेबाट भक्तपुर आउने वैकल्पिक सडककाे पुल भासियो, सास्ती झन् बढ्ने प्रहरीकाे भनाइ

काभ्रे । काभ्रेबाट भक्तपुर आउने वैकल्पिक मार्गअन्तर्गत बनेपा-नाला-ताथली सडक खण्डको नालामा पुल भासिएको छ । उग्रचण्डी ग्यास उद्योग नजिकै नालामा रहेको पुल भासिएको हो ।

यसअघि शुक्रबार साँझ सागा झोलुंगेपुल नजिकै पहिरो खस्दा अरनिको राजमार्ग करिब एक घण्टा अवरूद्ध भएको थियो । राजमार्ग बन्द हुँदा साना सवारी डाइभर्ट गरिएको यही वैकल्पिक मार्गमा समेत पुल भासिएको हो ।

काभ्रेका ट्राफिक प्रहरी प्रमुख सुनील धाजुकाअनुसार, नालातर्फको वैकल्पिक सडकमा साना गाडीलाई डाईभट गरिने भए पनि अब पुल भासिएपछि अरनिको राजमार्ग अवरूद्ध हुँदा सास्ती झन् बढ्नेछ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।