राजापुर- कैलाली जोड्ने सत्तीघाट पुल जोगाउन तटबन्ध, कर्णालीको धारबाट पुल जोगिने दाबी

असार २०, २०८२ |कमल पन्थी
राजापुर- कैलाली जोड्ने सत्तीघाट पुल जोगाउन तटबन्ध, कर्णालीको धारबाट पुल जोगिने दाबी

बर्दिया । बर्दियाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्मित पुल जोगाउन तटबन्धको काम भएको छ । पुलको पूर्वतर्फ तिब्र कटान भइरहकाले यसलाई रोकथाम गर्न ठूला ढुंगाबाट नदी किनारमा तटबन्ध गरिएको हो ।

कटान रोक्न पाँच वर्षअघि निर्माण गरिएको ग्याभिन वाल पानीको दबाबदर खस्किएर पुल जोखिममा परेको थियो । पुल क्षेत्रमा करिब १ करोड ७५ लाख लागतमा तटबन्ध गरिएको छ । 

तीन वर्षअघि बाढीले पहुँच मार्ग बगाउनुका साथै पुलमा सामान्य क्षती पुर्‍याएको थियो । तटबन्ध बनेपछि हुलाकी सडक आयोजनाले विगतका वर्षजस्तो बाढीले पुल क्षति नहुने दाबी गरेको छ ।

५ सय ३१ मिटर लामो उक्त पुल सात वर्षअघि ४६ करोड लागतमा निर्माण भएको थियो । हुलाकी सडक आयोजनाअन्तर्गतको पुलमा १४ वटा पिलर छन् । कर्णाली नदीले धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेपछि सत्तीघाट पुल जोखिममा परेको हो ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।