२०६८ देखि २०७८ सम्ममा खेतीयोग्य जमिन १६.६ प्रतिशत घट्यो

१०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत
असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
२०६८ देखि २०७८ सम्ममा खेतीयोग्य जमिन १६.६ प्रतिशत घट्यो

काठमाडौं । २०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएको छ । 

नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्युन भएको छ ।

नेपालको श्रम बजारको स्थिती

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ । कुल जनसंख्यामध्ये २ करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । 

ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरूलाई आर्थिक रूपले सक्रिय जनसंख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरूष र ७५ लाख मिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रदेशहरूमध्ये आर्थिक रूपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रूपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरूषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरूको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरूष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरूमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरू अक्सर रोजगार रहेका छन् ।

१० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरूष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.