इलामको अकबरे खुर्सानी बन्यो किसानको सफलताको कथा

बाँदरले नोक्सान नगर्ने, बजार भाउ पनि राम्रो
असार २०, २०८२ |विप्लव भट्टराई
इलामको अकबरे खुर्सानी बन्यो किसानको सफलताको कथा

इलाम। लामको अकबरे खुर्सानी, नाम सुन्ने बित्तिकै यसका पारखिहरूको मुखनै रसाउन थाल्छ । अकबरे जति स्वादले परिचित छ अहिले यस्तै खुसी यसको खेति गर्ने किसानको अनुहारमा पनि देख्न थालिएको छ । 

इलामको रोङ गाउापालिका-३ लसुनेकी बविता राईले अकबरे खुर्सानी खेतीबाटै वार्षिक १० लाख रूपैयाँभन्दा धेरै कमाई गर्दै आउनुभएको छ । पाखोबारीमा सही तरिकाले अकबरे खुर्सानी खेती गर्दै उहाँले राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।

जुनसुकै वाली लगाए पनि बाादर अनि चराचुरूङ्गीले सखाप बनाइदिए पछि कृषि पेशाबाट नै दिक्क लागिरहँदा बवितालाई अकबरे खति वरदान सावित भयो । बादरले पनि नास नगर्ने र बजारमा पनि राम्रो माग भएका कारण अकबरे खे तिगर्न थालेपछि आर्थिक अभाव पनि झेल्नु त परेको छैन् । अहिले उहाँले घरवरिपरी करिब १० रोपनी जमिनमा अकबरे खुर्सानिको खेति गर्नु भएको छ ।

आफ्नो उत्पादनलाई विषादीमुक्त बनाउन उहाँले गोवर मल र घरमै बनाएको जैविक विषादीको मात्र प्रयोग गरिरहनु भएको छ । अहिले रोङ गाउँपालिकाले गुरू किसान घोषणा गरेपछि उहाँ थप उत्साहित हुनु भएको छ ।

बजारमा माग र मुल्य दुबै राम्रो भएका यस्तै वैकल्पिक खेति तर्फ आकर्षण गर्न सके जंगली जनवारले हैरान भएका र बजारमा उत्पादनको मुल्य नपाएका किसानलाई राहत मात्र हुनेछैन् । कृषि र परनिरभरता घट्नुका साथै रोजगारी र्सजनामा पनि ठुलो योगदान दिने निश्चित छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।