कृषि तथा पशुपंक्षी सेवा केन्द्र हस्तान्तरण

असार १७, २०८२ |विनोद घिमिरे
कृषि तथा पशुपंक्षी सेवा केन्द्र हस्तान्तरण

धनकुटा । धनकुटाको पाख्रीवासमा निर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्र भवन पाख्रीवास नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

विश्व बैंकको ३ करोड ६२ लाख रूपैयाँको लागतमा निर्माण भएको भवन आर्थिक करिडोर कार्यालय पाख्रीवासका प्रमुख डाक्टर इन्द्रनारायण साहले पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरूङलाई हस्तान्तरण गर्नु भयो । 

नवनिर्मित दुईतले भवनबाट माटो, बिउ, कृतिम गर्वाधान, रेविज तथा दूध परीक्षण, रोग तथा कीरा परीक्षण प्रयोगशालालगायतका सेवा उपलब्ध हुनेछन् । यस्तै केन्द्रमा बायोलोजीकल पीट, तालीम हल, प्राविधिक कक्ष र अपाङ्गमैत्री संरचना निर्माण गरिएका छन् । 

केन्द्रमा कृषि र पशु सेवा विज्ञ र अन्य सहयोगी प्राविधिक रहने छन् । केन्द्रले धनकुटा, भोजपुर र संखुवासभाका किसानलाई समेत सेवा उपलब्ध गराउने बताइएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।