नालामा डुबेर एक व्यक्तिको मृत्यु

असार १७, २०८२ |हरिश्चन्द्र बाग
नालामा डुबेर एक व्यक्तिको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा नालामा लडी डुबेर एक व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार कृष्णपुर नगरपालिका-३, देखतभुली निवासी ४० वर्षीय अशोक चौधरी गएराति करिब सवा १० बजे आफ्नै घर नजिकको सडक छेउमा रहेको नालामा लडेका थिए । 

सोही नालामा डुबेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली लगिएको थियो । तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै सडक छेउका नाला खुला र जोखिमपूर्ण रहँदा दुर्घटना भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।