प्रस्तावित सर्वोच्चका न्यायाधीशविरूद्धका उजुरीकर्तासँग समितिले गर्‍यो छलफल, सुनुवाइ आइतबार

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रस्तावित सर्वोच्चका न्यायाधीशविरूद्धका उजुरीकर्तासँग समितिले गर्‍यो छलफल, सुनुवाइ आइतबार

काठमाडौं । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित सर्वोच्च आदालतका तीन न्यायाधीशविरूद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरूद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गरेको हो । 

बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रस्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाउनु भयो । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबी समेत गर्नुभयो । उहाँले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राअिधकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताउनु भयो ।

प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरूद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगानउनुभएको छ । 

उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाउनुभएको छ ।

प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरूद्ध दुई/दुई वटा उजुरी परेको थियो भने अर्का प्रस्तावित न्यायाधीश थापाविरूद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आइतबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरूद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.