काभ्रे । असोज दोस्रो साताको बाडी र पहिरोले क्षेत-विक्षेत बनेको विपि राजमार्गमा बुधबार करिब साढे तीन बजेबाट सुरू भएको वर्षाका कारण अन्दाजी ५ बजेको समयमा काभ्रेको धुलिखेल नगरपालिका-११ पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरूद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सुनिल धाजुले पहिरो पन्छाएर यातायात पुनः सुचारू गर्न प्रयास जारी रहेको जानकारी दिनु भएको छ। अहिले स्थानिय र ट्राफिक प्रहरीको साहायताले स्काईभेटर मगाईएको र छिट्टै खुलाउने जानकारी अस्थाई प्रहरी पोस्ट काभ्रेभन्ज्याङले जनाएको छ ।
विपि राजमार्ग भएर यात्रा गर्ने यात्रुहर"लाई विशेष सावधानी अपनाउन पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले अनुरोध गरेको छ भने यस अगावै वर्षाको समयमा सडक अवस्था बुझेर मात्र यात्रा गर्न अपिल समेत गरिसकेको छ ।