आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्‌मा उजुरी

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्‌मा उजुरी

काठमाडौं । रौतहट बमकाण्डका आरोपित मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि कारबाहीको माग राख्दै पीडित परिवारले न्यायपरिषद्‌मा उजुरी दिएका छन् ।

इमान्दारितापूर्वक आफ्नो कर्तव्य पूरा नगरी बदनियतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिने न्यायाधीशमाथि हदैसम्मको कारबाही गर्ने माग गर्दै बमकाण्डमा मारिएका त्रिलोकप्रतापका बुवा श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्‌मा उजुरी दिनुभएको हो । निवेदक सिंहले मुद्दामा पर्याप्त प्रमाण हुँदा हुँदै रौतहट बमकाण्डका आरोपित मोहम्मद आफताब आलमलाई सफाइ दिइएको दाबी गर्नुभएको छ ।

आलमलाई सफाइ दिने उच्च अदालत जकपुरको वीरगन्ज इजलासका न्यायाधीशहरू खुशीप्रसाद थारू र अर्जुन महर्जनको कार्यक्षमता पनि प्रश्न उठाइएको छ । संविधान सभा निर्वाचनको बेला २०६४ सालमा रौतहटमा भएको बम विस्फोटको घटनामा आफ्नो छोरा त्रिलोकप्रताप पनि मारिएको श्रीनारायण सिंहले न्यायको आवाज उठाउँदै आउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.