मेयर र उपमेयरबीचको विवादले दिनभर तनावग्रस्त रह्यो धरान उपमहानगरपालिका

असार ३, २०८२ |अर्जुन सुवेदी
मेयर र उपमेयरबीचको विवादले दिनभर तनावग्रस्त रह्यो धरान उपमहानगरपालिका

सुनसरी । धरान उपमहानगरपालिकामा नगरप्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएपछि आज दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बन्यो । 'श्रमदान' कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर सुरु भएको विवादले उग्ररूप लिएपछि धरान अशान्त बनेको हो । 

विवाद हिजैबाट सुरु भए पनि आज थप उग्र बनेको हो । हिजो मेयरका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए भने आज बिहान मेयर पक्षकै अर्को समूहले उपमेयरको कार्यकक्ष घेराउ गरेका थिए । त्यसक्रममा उनीहरूले चर्को नाराबाजी पनि गरेका थिए । 

स्थिति बिग्रिन नदिन सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको थियो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।