भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद् अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद् अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि प्रतिपक्षी दलहरूले विरोध जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भने विरोध जनाएन । तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद्मा उठेर विरोध जनाएका हुन् । 

संसद्को कारबाही सुरू गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो । तर, रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद् अवरोध कायम छ । 

संसद्मा सभामुख घिमिरेले संसदमाबोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरिरहनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.