काठमाडौं । पत्रकारिताको माध्यमबाट शिक्षाको विकास र शैक्षिक आन्दोलनमा गर्नु भएको योगदानको कदर गर्दै कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बु सम्मानित हुनु भएको छ ।
बिहिबारदेखि काठमाडौंमा सुरू भएको नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४औँ प्रतिनिधि सभा सम्मेलनमा कान्तिपुरका पत्रकार किलम्बु सम्मानित हुनु भएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार किलम्बुलाई कदरपत्रसहित सम्मान गर्नु भएको हो ।
सोहि कार्यक्रममा पत्रकारहरू रमेश दवाडी, टंक जोशीसहित शिक्षकहरू सम्मानित भएका छ्न् ।