काभ्रेको पनौतीमा ऐतिहासिक हिले-घुम जात्रा सम्पन्न, संरक्षण अभावमा 'घुम' भने हराउँदै

जेष्ठ २८, २०८२ |पुजन धिताल
काभ्रेको पनौतीमा ऐतिहासिक हिले-घुम जात्रा सम्पन्न, संरक्षण अभावमा 'घुम' भने हराउँदै

काभ्रे । काभ्रेको पनौतीमा १४ सय २१ वर्षदेखि मनाउँदै आएको हिले-घुम जात्रा शहरको पहिचान बनेको छ । जेठ २७ गते बेलुकाबाट सुरू भएको जात्रा बुधवार साँझ रथ जुधाएपछि सम्पन्न भएको छ। घुम जात्राको रूपमा समेत पहिचान बनाएको यस पर्वमा अहिले भने 'घुम' देख्न पाइँदैन ।

चिउरी र घुम जात्राको रूपमा समेत पहिचान बनाएको यस पर्वमा अहिले भने 'घुम' देख्न पाइँदैन। जिल्लाकै पाँचाखाल, पलाञ्चोक भगवती तल कोशीदेखाबाट फाल्ने गरिएको चिउरी मेलामा आफ्ना बाबुबराजुले बेच्दै आएको भन्दै आफु पनि त्यहाँ बेच्न आएको बताउनुहुन्छ।

परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतीकस्वरूप दुईवटा बाास तेस्र्याइएपछि नगरका देवगण -दुइचा न्याकेगुले पानी तरेर जात्रा सुरू भएको मानिन्छ। 

राति भद्रकालीको रथ तानिने, गैंडु पूजा गरिने, विशेष होम सञ्चालन हुने परम्परा रहेको छ। विशुद्ध सांस्कृतिक संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले जात्रा निरन्तर आयोजना हुँदै आएको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष समेत रहेका पुरुषोत्तम कर्माचार्यले बताउनु भयो।

चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा-आराधना गरिन्छ। विशेषगरी इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टिरहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ। साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ।

पूणिर्माको दिन जात्राको मुख्य आकर्षण- तीनवटा रथको दौड र जुधाइ- आयोजना गरिन्छ। भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा तानेर एकआपसमा जुधाइन्छ। पहिले-पहिले यो यौनिक संकेत बोकेको परम्परालाई झिसमिसेमा मात्र गरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा दर्शक र भक्तजनको सहभागिता बढाउन दिउँसो रथ जुधाउने चलन बसालिएको हो।

स्थानीय परम्पराअनुसार, यो रथ जात्रा देवता रूपी पात्रहरूको काम-क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ। मान्यता अनुसार, भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेटि्छन्। महादेव त्रिवेणीमा लुक्न पुग्छन्, तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन्। अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसंगको प्रतीकको रूपमा लिइन्छ।

जात्राको अर्को आकर्षक पक्ष भनेको कर्माचार्य -आचाजुहरूले पूजाका सामग्री र सुकुन्डा बोकेर पुण्यमती खोला पारि गोरखनाथ पुग्ने परम्परा हो। त्यहाँ नाग आसनबाट उठेपछि वर्षा र रोपाइँ सफल हुने जनविश्वास रहिआएको छ। यही कारणले यो जात्रालाई 'हिले जात्रा' अर्थात् रोपाइँ सुरू गर्ने पर्व पनि भनिन्छ।

जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर-घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ। 

जात्रा सकिएको भोलिपल्टदेखि रोपाइँ सुरू गर्ने प्रचलन रहेको बताउँदै, जात्रालाई मनाउन स्थानीय सरकार पनौती नगरपालिकाले दुई दिन सार्वजनिक छुट्टीसहित स्थानीय स्रोतबाट जात्रा पर्वको व्यवस्थापनका लागि वडा स्तरमै जात्रा पर्व मेला व्यवस्थापन समिति बनाइ रकम सहयोग समेत दिादै आएको पालिका प्रमुख राम शरण भण्डारीले जानकारी दिनुभयो।

तीन दिनसम्म विविध पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदा समेत दिएको छ।

जात्राले नगरको एकता, परम्परा र सांस्कृतिक पहिचान झल्काउने भएकाले यस्ता जात्रा पर्वको मौलिकता जोगाउन तीनै तहका सरकारले संयुक्त कार्य गर्नु आवश्यक देखिन्छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।