बाँके । बाँकेका किसानले २१ अर्ब लगानी भइसकेको सिक्टाको नहरबाट सिँचाइ गर्न पाएका छैनन् । प्रतिसकेन्ड २५ क्युसेक पानी आउने नहर छेउमै भए पनि खेत भने सुक्खा छन् ।
फाँट हुँदै नहर बनाएको धेरै भयो तर किसानले धानको बीउ राख्न आकासेपानी पर्खिरहनुपरेको छ। विकल्प नभएका किसानले खाल्डा र तलाउको पानी पम्पसेटले तानेर जेनजेत बीउ राख्न थालेका छन् ।
नहर निकै गहिरो र खेत उचाइँमा भएकाले पानी खेतमा पुग्दैन। सिक्टा सिँचाइ आयोजनाले खेतस्तरका संरचना निर्माण गरेको छैन। २५ क्युसेक क्षमताको नहर भनिए पनि भत्कने खतरा भएकाले आयोजनाले प्रतिसेकेन्ड २ देखि ४ क्युसेक मात्रै पानी छाड्ने गरेको छ।
यति थोरै पानी नहरको दाँया बाँयाका खेतमा चढ्दैन। जसले गर्दा नहर छेउका खेत सुक्खा छन् ।