नेपाललाई विश्व बैंकको २.७ अर्ब डलर सहयोग, रोजगारी र अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित

जेष्ठ ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाललाई विश्व बैंकको २.७ अर्ब डलर सहयोग, रोजगारी र अर्थतन्त्र सुदृढीकरणमा केन्द्रित

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विकास साझेदार संस्था विश्व बैंकले आउँदो सात वर्षमा २ दशमलव ७ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

'नेपाल राष्ट्र साझेदारी रूपरेखा सहकार्य' कार्यक्रममा विश्व बैंकका अधिकारीहरूले आउँदो सात वर्षमा नेपालमा गुणस्तरीय रोजगारी सिर्जना तथा अर्थतन्त्रको विकासमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । 

त्यस्तै जलवायु परिवर्तनको असरलगायत प्राकृतिक विपद्प्रतिको उत्थानशीलता वृद्धिमा कार्यक्रम केन्द्रित हुने उनीहरूले बताए । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकले तयार पारेको नयाँ कार्यक्रमले १६औं योजनाले लिएका लक्ष्य पुरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

विश्व बैंकले सुरू गरेको 'नेपाल राष्ट्र साझेदारी रूपरेखाले' आप्रवासन र विप्रेषणमाथिको निर्भरता कम गराउने बताइएको छ । कार्यक्रमले डिजिटल पूर्वाधार विस्तार र वृद्धिलाई प्राथमिकता दिएको छ । 

उर्जा व्यापारलाई सुदृढ बनाउन नवीकरणीय उर्जाको सहायता लिने जस्ता लक्ष्य पनि लिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.