काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्याय परिषद्को आज बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्चमा ४ न्यायाधीशको पद रिक्त छ । तर न्याय परिषद्ले आज तीन जनाको मात्र नाम सिफारिस गरेको हो । सिफारिस गरिएकाहरूको नाम अनुमोदन गर्न संसदीय सुनुवाइ समितिमा पठाइएको छ ।
उच्च अदालतमा चार मुख्यसहित २६ जना न्यायाधीशको पद रिक्त छ ।