काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिनुभयो ।
समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसद्मा पेश गरिने गरिने समेत उहाँले जानकारी दिनुभयो ।