चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा लागे कारबाही गरिने

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा लागे कारबाही गरिने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा लागे कारबाही गर्ने भएको छ ।

चिकित्सकीय सेवामा लाग्नुपर्ने चिकित्सकहरू कन्सल्टेसी खोलेर चिकित्सा शिक्षाको एमबीबीएस, एमडीलगायत शैक्षिक कार्यक्रममा विद्यार्थीहरू विदेश पठाउन परामर्श दिने गरेको पाइएपछि काउन्सिलले त्यस्ता काममा रोक लगाएको छ । काठमाडौं उपत्यकामा करिब ८ वटा जति कन्सल्टेन्सीहरूमा चिकित्सकहरू व्यापारिक प्रयोजनमा सक्रिय भएको पाइएपछि मेडिकल काउन्सिलले डाक्टर उपाधिको दुरूपयोग गरी आफ्नो नाम तथा फोटोसहित प्रचारप्रसार गरे कारवाही गरिने जनाएको छ ।

चिकित्सकीय सेवा छाडी व्यापारिक कार्यमा लाग्नु आचारसंहिताविपरीत हुने मेडिकल काउन्सिलको भनाइ छ । काउन्सिलले दर्तावाला चिकित्सकहरू कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारमा नलाग्न र आचारसंहिता पालना गर्नसमेत डाक्टरहरूलाई सचेत गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.