नेपाल-भारत चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीज र कान्तिपुर टेलिभिजनबीच कार्यक्रम प्रसारणबारे सम्झौता

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल-भारत चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीज र कान्तिपुर टेलिभिजनबीच कार्यक्रम प्रसारणबारे सम्झौता

काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीज र कान्तिपुर टेलिभिजनबीच टेलिभिजन कार्यक्रम निर्माण तथा प्रसारणबारे सम्झौता भएको छ ।

नेपाल र भारतबीचको आपसी व्यापार तथा निकासी, नेपालमा भारतीय लगानी, भारतमा नेपाली उत्पादनको बजारलगायतका विषयमा साप्ताहिक कार्यक्रम निर्माण तथा प्रसारणबारे दुवै पक्षबीच सम्झौता भएको हो ।

कार्यक्रम अर्को सातादेखि हरेक सोमबार राति १० बजे प्रसारण हुने छ । कार्यक्रमको पहिलो सिजन कम्तिमा तीन महिना चल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.