हेलिपोर्ट प्रकरण : क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
हेलिपोर्ट प्रकरण : क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण-क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । अधिकारीलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउने आदेश गरेको हो ।

भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरूद्ध अदालतले पाँच लाख धरौटी माग गरेको छ । आफै निर्णयकर्ता नरहेको र टिप्पणी पेस मात्र गरेको भन्दै इजलासले भण्डारीविरूद्ध धरौटी माग गर्ने आदेश दिएको हो ।

भण्डारीसँगै पक्राउ परेका अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अख्तियारले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो । यो मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अदालतले आदेश जारी गरेको हो । अधिकारी र भण्डारी दुवैलाई अख्तियारले गत बुधबार पक्राउ गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.