टेम्पो दुर्घटनामा एक जनाको मृत्यु

जेष्ठ २७, २०८२ |भानुभक्त निरौला
टेम्पो दुर्घटनामा एक जनाको मृत्यु

सोलुखुम्वु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम सल्लेरीबाट ओखलढुँगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यस्मा सवार ओखलढुँगा मोलुङ गाउँपालिका ८ बस्ने बर्ष २८ का लाक्पा शेर्पाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।

विहान साँढे ११ बजे तिर भएको घटनामा अन्य तीन जना घाईते भएको प्रहरीले जनाएको छ । टेम्पुसडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो । घाईते हुनेमा टेम्पो चालक सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लिका बर्ष ३८ का राजेश विक, मुक्लिकै ४० बर्षका काजी विक र ओखलढु‌गा मोलुङका ३५ बर्षिय मिङमार शेर्पा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको डिएसपी कुवँरले बताउनुभयो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।