काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण घाटामा रहेको भन्ने तथ्यांक नै गलत भएको बताउनुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले आफूलाई बदनाम गराउने नाममा जनतालाई भ्रम छर्ने हिसाबले प्राधिकरण घाटामा रहेको प्रचारबाजी गरिएको दाबी गर्नुभएको हो ।
पूर्वकार्यकारी निर्देशक घिसिङले प्राधिकरणको बक्यौता उठाउन खोज्दा आफूलाई हटाएको आरोप लगाउनुभयो ।