संसद्मा प्रतिपक्षको अवरोध कायमै, आजकाे बैठक स्थगित

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संसद्मा प्रतिपक्षको अवरोध कायमै, आजकाे बैठक स्थगित

काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग वा न्यायिक छानबिनको माग गर्दै प्रतिपक्षी दलहरूले आइतबार पनि संसद् अवराेध कायमै राखेका छन ।

संसद् बैठक सुरू भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका हुन् । सांसदहरूले उभिएर विरोध जनाएपछि बैठक सञ्चालन हुन नपाउँदै स्थगित भएकाे हाे । सभामुख देवराज घिमिरे अर्काे बैठक जेठ २६ गते दिउँसाे २ बजे बस्ने गरी आजकाे बैठक स्थगित भएकाे जानकारी दिनुभएकाे हाे ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणबारे छानबिनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै गत १३ जेठदेखि संसद अवरूद्ध पारेका छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.