जुम्ला । जुम्लाका तीन जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन । कृषि तथा पशुपालन उद्योगका सन्तोष बस्नेत,पाण्डे पशुपालन उद्योगकी रीता पाण्डे र असल कृषि तथा पशुपन्छी पालन उद्योगकी सन्तकली भण्डारीले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कार पाएका हुन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारका लागि ९ जना छनाेट गरेको थियो । जसमध्ये ३ जना किसानले उत्कृष्ट किसान घोषित भए । पशु विकास अधिकृत पदमबहादुर केसीले व्यवसायिक रूपमा किसान पेसामा लागेका किसानहरुका लागि यो पुरस्कार अवसरमा रूपमा लिइएको छ ।
सन्तोषले ३० हजार रुपैयाँ,रीता र सन्तकलीले २५ हजार रूपैयाँ र प्रमाणपत्र पाए । सन्तोष बाख्रापालनमा उत्कृष्ट बनेका छन । उनका ४ सय भेडाबाख्रा छन । यो पुरस्कारले मेहनतको कदर भएको अनुभुती गरायो, उहाँले भन्नुभयाे, ‘आगामी दिनमा अझैं व्यवसायिक बन्न प्रेरणा मिलेको छ ।’ रीता पाण्डले १२ वटा भैंसी पालेकी छन । भैंसीपालनबाट राम्रो आम्दानी गरेकी रीताले व्यवसाय विस्तार गर्ने योजना गरेको बताइन ।
यो पुरस्कारले मेहनतको कदर भएको अनुभुती गरायो, उहाँले भन्नुभयाे, ‘आगामी दिनमा अझैं व्यवसायिक बन्न प्रेरणा मिलेको छ ।’
सन्तकलीका २ सय भेडा छन । भेडापालनबाटै उहाँको गुजारा चलेको छ, उहाँले भन्नुभयाे, ‘अब भेडापालन गुजारामुखी मात्र हुन सक्दैन् । व्यवसायिक रूपमा पालेर रोजगारमुखी बनाउने कसरत गरिरहेको अवस्था छ ।’
पशु विकास अधिकृत केुसीले मापदण्डका आधारमा तीन जना किसान मात्र पुरस्कृत भएपनि सबै किसानको मेहनत र लगाब लोभलाग्दो देखिएको उहाँले बताउनुभयाे ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानको मेहनतले सामाज जिवित रहेको प्रतिक्रिया दिनुभयाे । किसानले उत्पादन नगरे भोकमरी हुन्छ, उहाँले भन्नुभयाे, ‘किसानको ठुलो महत्व छ । किसानलाई सम्मान र अवसर दुबै दिन जरूरी छ ।’
पशु अस्पताल तथा पशु विकास कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढाथापाले किसान उत्साहित गराउनु मुख्यमन्त्री उत्कृष्ट कृर्षक पुरस्कारको लक्ष्य रहेको बताउनुभयाे । उहाँले यो पुरस्कारले किसानको मनोबल उचो बनाउने बताउनुभयाे ।