काठमाडौं । दोस्रो नेपाल अक्वाटिक च्याम्पियनसिपमा आज चार राष्ट्रिय कीर्तिमान बनेका छन। शनिबारसमेत चार कीर्तिमान बनेको प्रतियोगितामा आज थप चार कीर्तिमान बनेका हुन्।
पुरूष ५० मिटर बटरफ्लाइमा अभुनव शुब्बाले नेसनल रेकर्ड बनाएका छन। यसअघि यो रेकर्ड अजकल काजी ताम्राकारको नाममा रहेको थियो। शुब्बाले पहिलेको रेकर्ड १२ मिलिसेकेन्डले तोडेका हुन्। उनले सो दुरी २६ सकेन्ड ४३ मिलिसेकेन्डमा पुरा गरेका हुन्।
त्यसैगरी, लङ कोर्स अन्तर्गत ५० मिटर बटरफ्लाइमा नै अजल काजीले आफ्नो कीर्तिमान सुधार गरे। उनले पहिलेको कीर्तिमान ७ मिलिसेकेन्डले सुधार गरेर २६ मिनेट ४८ सकेन्डमा दुरी पुरा गरेका हुन्।
यसैगरी सय मिटर ब्याकस्ट्रोकमा प्रारम्भ भण्डारीले तेन्जिङ गुरूङको रेकर्ड तोडेका छन्। पहिलेको रेकर्ड मिलिसकेन्डले तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। प्रारम्भले यसअघि तेन्जिङले बनाएको ब्याकस्ट्रोक टाइम ट्रायलमाको पनि रेकर्ड तोडेका छन।
महिलातर्फको खेलमा हिजो आदिति धितालले ८ सय मिटर पि|mस्टाइलमा बनाएको कीर्तिमान डुवाना लामाले तोडेकी छन। लामाले एक मिनेटभन्दा धेरैले यो रेकर्ड तोडेकी छन।
सातदोबाटोको अन्तर्राष्ट्रिय स्पोट्स कम्प्लेक्समा पौडीको राष्ट्रिय प्रतियोगिता हिजो सुरू भएको हो। हिजो पनि चार रेकर्ड बनेका थिए। पछिल्लो समय पौडी प्रतिस्पर्धात्मक बन्दै गएपछि नयाा रेकर्डहरु बनिरहेका छन्।