मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका जीतेन्द्र सोनल नियुक्त हुँदै

आश्विन २९, २०८२ |अनिल मिश्र
मधेश प्रदेशको चौथो मुख्यमन्त्रीमा लोसपाका जीतेन्द्र सोनल नियुक्त हुँदै

धनुषा । लोसपाका प्रदेश सभा सदस्य जितेन्द्र प्रसाद सोनार सोनल मधेश प्रदेशको मुख्यमन्त्री बन्ने हुनु भएको छ । कांग्रेस एमालेबाहेकका पाँच दलको सिफारिसमा उहाँ मुख्यमन्त्री नियुक्त हुन लाग्नु भएको हो ।

विश्वासको मत लिने भनिए पनि सतिशकुमार सिंहले रोष्टममा नै राजीनामा दिनु भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आव्हान भएबमोजिम एमाले र काँग्रेस बाहेकका पाँच दलहरुले सोनललाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हो । जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र , लोसपा नेपाल र नेकपा समाजवादीका ५६ जना प्रदेश सभा सदस्य साथमा रहेको भन्दै प्रदेश प्रमुख भण्डारी समक्ष आज विहान सोनलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिएको हो ।

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा बारा जिल्लाबाट निर्वाचित सोनललाई आज नै अपरान्ह नै नियुक्त गर्ने तयारी भएको छ । ४ बजे पछि पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री बनाएको जनमत पार्टीले नै राजिनामा गर्न दबाब दिदै समर्थन फिर्ता लिएपछि क्रमश काँग्रेस, एमाले र लोसपाले समेत साथ छोडेपछि सतिशकुमार सिंहलाई बाध्य भएर राजीनामा दिनु भएको थियो । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।