सभामुखले विघटित संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्दै

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सभामुखले विघटित संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्दै

काठमाडौं । 

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गर्दै हुनुहुन्छ । आज सिंहदरबारस्थित कार्यकक्षमै उहाँले पूर्व सांसदहरूसँग छलफल गर्न लाग्नु भएको हो ।

छलफलमा उहाँले दलहरुसँग प्रतिनिधि सभा विघटनबारे आधिकारिक धारणा माग गर्नुहुने बताइएको छ । छलफलमा आउँदा दलको तर्फबाट आधिकारिक धारणा लिएर आउनु भनेर सभामुखले भन्नुभएको सभुमखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले दलको धारणा प्राप्त भएपछि बार एशोसिएशनका पदाधिकारी र पूर्व महान्यायाधिवक्ताहरूसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.