अमेरिकाको भर्जिनियामा चार नेपाली गाेली लागेकाे अवस्थामा मृत फेला

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको भर्जिनियामा चार नेपाली गाेली लागेकाे अवस्थामा मृत फेला

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली गोली हानिएको अवस्थामा घरभित्रै मृत फेला परेका छन । मृतकहरू दुई जना वयस्क र दुईजना बालबालिका छन ।

घटना शुक्रबार रातिको हो । मृत्यु हुनेहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ र उनीहरूका दुई सन्तान ८ वर्षकी छोरी र २ वर्षीका छोरा छन । 

प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेको बताइएको छ । मनासस पार्क प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानअनुसार घटना हत्या वा आत्महत्या दुवै हुनसक्ने बताएको छ । मृतकका शवहरू मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.