माधव नेपाललगायत ९३ जनाविरूद्ध लगाइएको मुद्दामा नेपाल सरकारको कुनै हात छैन : महामन्त्री थापा

जेष्ठ २३, २०८२ |सुशीला पाठक
माधव नेपाललगायत ९३ जनाविरूद्ध लगाइएको मुद्दामा नेपाल सरकारको कुनै हात छैन : महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत ९३ जनाविरूद्ध लगाइएको मुद्दामा नेपाल सरकारको कुनै हात नभएको बताउनु भएको छ ।

संविधानले बनाएको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको भन्दै अदातलमा अभियोजनमा गएको मुद्दामा टिकाटिप्पणी नगर्ने बताउनु भयो । अदालतले दोषीलाई नछाड्ने र निर्दोषलाई अन्याय हुन नदिने स्पष्ट पानुभयो ।

उहाँले भिजिट भिषा प्रकरणका बिषयमा संसद्मा कुरा उठेकाले त्यहाँका केही कर्मचारीका विषयमा अख्तियारले नै अनुसन्धान गरिरेहकाले अहिले नै यस विषयमा बोल्नु भन्दा अनुसन्धानलाई कुनै पनि निकायले प्रभावित गर्न नदिने गरी काम गराउन कांग्रेस पार्टी लागेको बताउनु भयो । 

अहिलेको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न नसकेको बताउँदै नेपाली कांग्रेस पार्टीमा निरन्तर रूपमा यस विषयमा छलफल भैरहेको उहाँको भनाई थियो । सत्तामा नेपाली कांग्रेस पनि भएकाले नेपाली जनताको अपेक्षा अनुसारको काम गराउन कांग्रेस लागि रहेको बताउनु भयो ।

संविधान संसोधनको विषयका लागि छिट्टै समिति निर्माण गरी काम अगाडि बढाउन सत्ता-साझेदार दलहरू एक ठाउँमा उभिएको बताउनु भयो । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कुरा गर्ने समय नआइसकेको भन्दै १४ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्न लागेको पनि उहाँले बताउनु भयो । 

२०८३ साल मंसीर महिना भन्दा अगाडि महाधिवेशनको मिति सार्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।