भक्तपुर । भक्तपुरमा विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ। राष्ट्रका लागि दुई घण्टा अभियानले आज बिहान वाकाथन र वृक्षारोपन गरी यो दिवस मनाएको हो ।
वाकाथनपछि भएको एक कार्यक्रममा सुर्यविनायक नगरपालिका प्रमुख बाशुदेव थापाले प्लास्तिक प्रदुषण मुक्त वातावरण बनाउन नगरपालिका लागि परेको बताउनुभएको छ ।
उहाँले नगरपालिकालाई प्लास्टिक मुक्त नगरपालिका बनाउने अभियान थालेका बताउँदै चाँडैनै प्लास्टिको विकल्पसहित घोषणा गर्ने बताउनुभयो । कार्यक्रमा सहभागिहरूले प्लास्टिक मनाव जिवनमा वरदान भएपनि यसले वातावरणमा नकारात्मक असर गरेको टिप्पनी गरेका थिए ।
बिहिबार प्लास्टिक प्रदुषण न्युनिकरण हाम्रो दायित्वको नारासहित विश्व वातावण दिवस मनाइँदै छ ।