
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहर" वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले शासकीय स्वरूपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको समेत स्पष्ट पार्नुभयो । सभापति लामिछानेले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता नडग्मगाएको उल्लेख गर्दै त्यसमा पार्टीका सांसदहरू डगमगाउन नहुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले पुराना नेताहरूले मुलुकमा पुर्याउनु भएको योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने बताउनु भयो । सभापति लामिछानेले पुराना दलका नेताहरूले दिनु भएको योगदानलाई अपमानित गर्ने हक कसैलाई पनि भएको बताउनु भयो ।