सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

गैरकानुनी सम्पत्ति आर्जेको आरोप
१ करोड ८ लाख बिगो दाबी
जेष्ठ १९, २०८२ |टेकराज जोशी
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचारमा उहाँको परिवारै मुछिएको छ । 

मुद्दामा सोडारीकी पत्नी र छोरालाई समेत प्रतिवादी बनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । १ करोड ८ लाख ३८ हजार सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ।

सोडारी कैलाली क्षेत्र नम्बर ४ (१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ माघदेखि २०७५ कात्तिकसम्म प्रदेशको सामाजिक विकासमन्त्री र २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री समेत बन्नुभएको थियो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।