नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा अवरूद्ध भएकाे सडक सञ्चालनमा आएको छ । दाउन्नेको खुर्सानी खोलामा बगाएको डाइभर्सनलाई मर्मत गरेर राजमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएकाे हाे ।
दुम्किबासको विनयी खोलामा पानीको सतह नघटेपछि वैकल्पिक मार्ग हुँदै यात्रुवाहक सवारी चलाइएको प्रहरीले जनाएको छ ।
यसैगरी चोरमारामा बगाएको डाइभर्सन मर्मत गरेर यतायात चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख जनक बन्जराले बताउनुभयो ।
डाइभर्सन बगाएपछि राती देखि नै लामो जाममा परेका सवारी गन्तव्यमा लागेका छ्न । यात्रुवाहक सवारी र साना सवारी सञ्चालनमा आएपनि ठुला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ ।