गणतन्त्र दिवसकाे अवसरमा विराटनगरमा प्रभातफेरी

जेष्ठ १५, २०८२ |सुशीला पाठक
गणतन्त्र दिवसकाे अवसरमा विराटनगरमा प्रभातफेरी

विराटनगर । गणतन्त्र दिवसको अवसरमा बिहिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरको रोडशेषबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गर्दे महेन्द्र चौकमा पुगेर सभामा परिणत भएको थियो । 

प्रभातफेरी पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कोशी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गणतन्त्र दिवसको अवसरमा शुभकामना प्रदान गर्नुहुँदै लोकतन्त्रको विकल्प अर्को कुनै विकल्प हुनै नसक्ने बताउनु भयो । 

लोकतन्त्रमा देखिएका केही कमीकमजोरीलाई सुदृढ गर्दे लैजाने भन्दै जन्म र वंशको आधारमा शासन सत्ता चलाउने दिवा सपना नदेख्न पनि चेतावनी दिनुभयो । देशलाई आर्थिक समृद्धि र विकासकोतर्फ उन्मुख गराउन तिनै तहको सरकारले काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेशका मन्त्रीहरू, प्रदेश सांसदहरू, सरकारी निकयाका उच्च पदस्थ व्यक्तिहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका व्यक्तिहरूको सहभागीता थियो ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।