सुनसरी मोरङ औद्योगिक कोरिडोरको तिरूपति प्लाइउड उद्योगमा आगलागी

आगो अहिलेसम्म नियन्त्रणबाहिर
जेष्ठ १४, २०८२ |अर्जुन सुवेदी
सुनसरी मोरङ औद्योगिक कोरिडोरको तिरूपति प्लाइउड उद्योगमा आगलागी

सुनसरी । सुनसरी मोरङ औद्योगिक कोरिडोरअन्तर्गत इटहरी-१२ मा रहेको तिरूपति प्लाइउड उद्योगमा आगलागी भएको छ । 

राति साढे २ बजेदेखि सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल परिचालन गरिएको छ । 

दमकल टोली र सुरक्षा निकायको टोली आगो नियन्त्रणको प्रयासमा खटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

उद्योग भित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, क्यामिकल लगायतका सामग्री भएकाले आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको भण्डारीले जानकारी दिनुभयो ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।