प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

जेष्ठ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हो-हल्ला गर्दै संसद्को नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो । 

विपक्षी दलहरूले भिजिट भिषा प्रकरणको निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा हो-हल्ला र नाराबाजी गरेका छन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.