रूकुम पश्चिम । विद्युत मर्मत गर्ने क्रममा रूकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-३ स्थित बोहोरागाउँमा विद्युतको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा गएराती साढे १० बजेतिर रूकुम पूर्व सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको ज्यान गएको हो ।
रूकुम पूर्वमा विद्युत प्रशारण रोकिएपछि त्यहाँबाट मर्मत गर्न भनेर बोहोरागाउँमा रहेको पोलमा चढेर लाईन बनाउने क्रममा करेन्ट लागेर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डिएसपी प्रमेश विष्टले बताउनुभएको छ ।
मृत खड्काको शव पोष्टमाटमका लागि अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको र आवश्यक प्रक्रिया पुर्याएर आफन्तलाई बुझाउने तयारी रहेको प्रहरीको भनाई छ ।