काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अख्तियार अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ ।
बुधबार भएको छलफलपछि समिति सभापति ऋषिकेश पोखरेलले आवश्यक अनुसन्धान, अध्ययन गरी यथाशीघ्र कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो । राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो ।
उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।